यस्तो छ बिश्व क्रिकेट लिग -२ को ताजा अंक तालिका, नेपालको स्थान कति ?

क्रिकेट

काठमाडौं । ओमान र अमेरिकाबिरुद्ध विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट सिरिज खेल्न यतिबेला नेपाली टोली ओमान पुगिसकेको छ। उक्त त्रिकोणात्मक सिरिज ओमानमा भदौ २८ देखि असोज ४ गतेसम्म सञ्चालन हुनेछ। त्रिकोणात्मक सिरिजमा नेपालले ओमान र अमेरिकासँग दुई-दुई खेल खेल्नेछ।

उक्त त्रिकोणात्मक एकदिवसीय सिरिज अगाडी नेपालले भदौ २० र २३ गते ओमानमा पपुवा न्यूगिनीसँग एकदिवसीय खेल खेल्नेछ। उक्त खेल पनि ओमानमै हुनेछ । विश्वकप लिग–२ मा नेपालसहित पपुवा न्यूगिनी, ओमान, अमेरिका, स्कटल्याण्ड, नामिबिया र युनाइटेड अरब इमिरेटस् (युएई) रहेका छन्। लिग–२ अन्तर्गत नेपालले हालसम्म ओमान र अमेरिकासँग दुई-दुईं खेल खेलिसकेको छ । नेपालले चार खेलमध्ये दुईमा जित तथा दुईमा हार व्यहोर्दै चार अंक जोडेको छ। नेपाल अंक तालिकाको छैटौँ स्थानमा छ।

यस्तै ओमान १० खेलमध्ये आठमा जित र दुईएमा हार व्यहोर्दै १६ अंकसहित शीर्षस्थानमा छ। अमेरिका १२ खेलमा ६ मा जित र ६ मा हारसहित १२ अंक जोड्दै दोस्रो स्थानमा छ। स्कटल्याण्ड आठ खेलमा चारमा जित र तीनमा हारका साथ नौ अंक जोड्दै तेस्रो स्थानमा छ। स्कटल्याण्डले खेलेको एउटा खेल वर्षाको कारण रद्द भएको थियो। नामिबिया सात खेलमा चारमा जित र तीनमा हार व्यहोर्दै आठ अंकसहित चौथो स्थानमा छ।

यसैगरी युएई सात खेलमा तीनमा जित र तीनमा हारका साथ सात अंक जोड्दै पाँचौँ स्थानमा छ। युएईले खेलेको एउटा खेल रद्द भएको थियो। पपुवा न्यूगिनी हालसम्म खेलेका आठवटै खेलमा पराजित भएको छ। पपुवा न्यूगिनी अंकविहीन बन्दै लिग–२ को पुछारमा छ।

लिग–२ अन्तर्गत सन् २०२३ सम्म प्रत्येक टिमले ३६ एकदिवसीय खेल खेल्नेछन्। लिग–२ का शीर्ष तीन टोली सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसिय विश्वकपका लागि ग्लोबल छनोटमा स्थान बनाउने छन् भने पुछारमा रहने चार टोलीले प्लेअफ खेल्ने छन्।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0