‘अलमुताइरीले आचरण सुधार गर्नुपर्ने’ छानविन समितिको निकर्ष

फुटबल

काठमाडौं : राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीको राजीनामा प्रकरणको छानविन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले व्यावसायिक आचरणगत बानी व्यहोरामा सुधार गर्नुपर्ने निष्कर्ष निकालेको छ।

समितिले तयार गरेको प्रतिवेदन बुधबार राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवाललाई बुझाइएको छ। अब यो प्रतिवेदन युवा तथा खेलकुद मन्त्रालयमार्फत एन्फामा पुग्नेछ। दशरथ रंगशालामा बुझाइएको प्रतिवेदन करिब ९० पेपरको भएको छानविन समितिकी सदस्य सूवर्ण श्रेष्ठले जानकारी गराइन् ।

यसअघि गत साउन १० गते मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले आफूलाई विगत ३ साताबाट तनाव दिरहेको र आफू मुख्य प्रशिक्षकको राजीनामा दिन एन्फा जाँदै गरेको सामाजिक सञ्जालमा खेलेका थिए ।

प्रतिवेदनमा प्रशिक्षक अलमुताइरीले आफ्नो व्यवसायीक आचरण तथा बानी व्यहोरामा सुधार गर्नुसहित ११ बुँदे सुझाव दिइएको छ। प्रतिवेदनमा भनिएको छ,’प्रशिक्षक अल्दुल्लाह अलमुताइरीले आफ्ना केही व्यवसायीक आचरणगत बानी व्यहोरामा सुधार गर्नुपर्ने देखिन्छ।’

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged

Leave a Reply

Your email address will not be published. Required fields are marked *