छानविन समितिको प्रतिवेदनप्रति प्रशिक्षक अल्मुताइरी असन्तुष्ट, दिए नेपाल छाड्ने संकेत

फुटबल

काठमाडौं : अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङसँगकाे विवादको प्रतिवेदन सार्वजनिक भएसँगै मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाल छाड्ने सङ्केत दिएका छन् ।

प्रतिवेदन सार्वजनिक भएसँगै उक्त प्रतिवेदनमाथि असन्तुष्टि जनाउँदै अलमुताइरीले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफू बाहिरिएको बताएका छन् । उनले लेखेका छन्, “म बाहिरिएँ, अब राजनीतिलाई काम गर्न देऊ ।”

राखेपद्धारा गठित छानबिन समितिले विवादास्पद राजीनामा सम्बन्धि पोस्टलाई आफ्नो फेसबुकबाट हटाउन परिषद्लाई निर्देशनात्मक सुझाबसमेत दिएको छ।

साथै, प्रशिक्षक अल्मुताइरीले व्यवहारिक आचरणमा सुधार गर्नुपर्ने, एन्फाले आफ्ना विभागहरुलाई सक्रिय गर्नुपर्ने, आन्तरिक विवादलाई एन्फामै समाधान गर्नुपर्नेलगायत ११ बुँदे सुझाव समेटेको छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Tagged

Leave a Reply

Your email address will not be published. Required fields are marked *