यी इङ्लिस क्रिकेटरले ललितपुरबाट ईपीएल खेल्ने

क्रिकेट

काठमाडौं : इङ्लिस क्रिकेटर अलेक्जेन्डर जेम्स ब्लेकले आगामी संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा ललितपुर प्याट्रिओट्सबाट खेल्ने भएका छन् । ललितपुरले बुधबार विज्ञप्ति जारी गर्दै देब्रे हाते ब्याट्सम्यान एलेक्सले एलेक्सले ईपीएल जनाएको छ ।

बायाँ हाते ब्याट्सम्यान ब्लेकसँग सिजन २०२१ का लागि सम्झौता भएको हो। उनी इंग्ल्यान्डको केन्ट काउन्टी क्रिकेट क्लबबाट खेल्दै आएका छन्। यस्तै उनी द हन्ड्रेडमा ओभलमा आबद्ध थिए।

चौंथो संस्करणको इपिएल क्रिकेट आगामी असोज ९ देखि असोज २३ गतेसम्म सञ्चालन हुने तय छ। प्रतियोगितामा विभिन्न ६ शहरका फ्रेन्चाइज टोलीले सहभागिता जनाउने छन्। ईपीएलमा एक टिमले ३ जनासम्म विदेशी खेलाडी राख्न पाउनेछन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged