एमबाप्पेलाई भित्र्याउन मोटो रकम खर्चिन तयार रियल म्याड्रिड

फुटबल

काठमाडौं : एमबाप्पेले पछिल्लो केही समय यता क्लबसँग नयाँ सम्झौता गर्न आनाकानी गरिरहेकाले पनि एमबाप्पे पेरिस छाड्न चाहन्छन् भन्ने बुझ्न सकिन्छ ।

पछिल्लो समय स्पेनिस महारथी रियल मड्रिडले कालियन एमबाप्पेलाई क्लबमा भित्र्याउने इच्छा निकै अघिदेखि देखाइरहेको छ । तर, औपचारिक प्रस्ताव भने पहिलोपटक टेबल गरेको छ ।

स्पेनिस वेवसाइटक मार्काका अनुसार रियल म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले १६ करोड युरोको प्रस्ताव पिएसजीसामु राखेका हुन् । पिएसजी र एमबाप्पेबीचको सम्झौता अर्को वर्ष सकिँदैछ । त्यसैले क्लब उनीलाई कम्तीमा पनि एक वर्ष आफूसँगै राख्ने प्रयासमा छ ।

अर्को वर्ष फ्री एजेन्ट बन्ने भएकाले पिएसजीले राम्रो मूल्यमा एमबाप्पेलाई बेच्ने अपेक्ष सहित रियलले मोटो रकमको प्रस्ताव गरेको हो । यसमा क्लब र खेलाडी दुवै आशावादी छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged