हेर्नुस नेपाली समय अनुसार नेपाल, ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक सिरिजको खेल तालिका

क्रिकेट

काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकासँगको त्रिकोणात्मक एक दिवसीय श्रृङ्खलाको खेल तालिका सार्वजनिक भएको छ । सिरिज अघि नेपालले पपुवा न्युगिनी (पीएनजी) सँग दुई एकदिवसीय खेल खेल्नेछ । खेल सेप्टेम्बर ५ र ८ (भदौ २० र २३) मा हुने छन् ।

त्रिकोणात्मक सिरिजमा नेपालले पहिलो खेल अमेरिकासँग आउँदो २८ गते प्रतिस्पर्धा गर्नेछ । यस्तै नेपालले दोस्रो खेलमा ओमानसँग आउँदो २९ गते खेल्ने छ । नेपालले तेस्रो खेलमा अमेरिकासँग असोज १ गते खेल्ने छ भने अन्तिम खेलमा ओमानसँग असोज ३ गते खेल्नेछ ।

यस अघि लिग–२ अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ । जसमा नेपालले अमेरिकालाई दुई खेलमा हराएको थियो भने ओमानसँग दुबै खेलमा पराजित भएको थियो । लिगमा नेपालले ४ खेलमा ४ अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ । ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ ।

नेपालसहित, ओमान, स्कटल्यान्ड, नामिबिया, अमेरिका, पपुवा न्युगिनी र यूएई गरी ७ टोलीले २०२३ सम्म ३६ ओडीआई खेल खेल्नेछन्। शीर्ष तीन टोली सन् २०२३ मा भारतमा हुने एक दिवसीय विश्वकपका लागि सोझै छानिनेछन्। पुछारका चार टोलीले प्लेअफ खेल्नेछन्।

खेल तालिका

भदौ २० : नेपालविरुद्ध पीएनजी पहिलो ओडीआई, दिउँसो ११ः१५ बजे
भदौ २३ : नेपालविरुद्ध पीएनजी पहिलो ओडीआई, दिउँसो ४:१५ बजे
भदौ २८ : नेपालविरुद्ध अमेरिका, दिउँसो ४:१५
भदौ २९ : नेपालविरुद्ध ओमान, दिउँसो ४:१५
असाेज १ : नेपालविरुद्ध अमेरिका, दिउँसो ४:१५
असोज ३ : नेपालविरुद्ध ओमान, दिउँसो ४:१५

यस्तो छ नेपाली टिम : ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्र सिंह ऐरि (उप-कप्तान), आसिफ सेख, कुशल मल्ल, सोमपाल कामी, अविनाश बोहरा, शरद भेषवाकर, गुलशन झा, विनोद भण्डारी, सन्दीप लामिछाने, रोहित पौडेल, विक्रम सोव, कुशल भुर्तेल, आरिफ सेख, करण केसी, पवन सराफ, सुशन भारी

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0