एसियाबाट युएई यु-१९ विश्वकपमा छनोट, नेपालको सपना अधुरै

क्रिकेट

काठमाडौं : आईसीसी यु-१९ विश्वकप खेल्ने नेपालको सपना अधुरै हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले यू–१९ पुरुष क्रिकेट विश्वकपको एसिया छनोट रद्द गरेको छ । छनोट रद्द भएसँगै नेपालको यू–१९ विश्वकप खेल्ने सपना सकिएको हो ।

आइसीसी डेभलपमेन्ट कमिटी र आइसीसी बोर्डले पारित गरेको स्वाथ्य मापदण्डअनुसार तीनै क्षेत्रमा छनो प्रतियोगिता गर्न नसक्ने आइसीसीले जनाएको छ । यससँगै आइसीसीले क्यानडा, युनाइटेड अरब इमिरेट्स (युएई) र पुपुव न्युगिनीले पुरुष यु–१९ विश्वकप २०२२ का लागि छनोट भएको जनाएको छ ।

यस्तै आईसीसीले अमेरिका र इस्ट एसिया प्यासाफिकको छनोट समेत रद्द भएको जनाएको छ । अमेरिका क्षेत्रबाट क्यानडा र इस्ट एसियाबाट पपुवा न्युगिनी विश्वकपका लागि छनोट भएका छन् । युरोप र अफ्रिका क्षेत्रको छनोट भने आयोजना हुनेछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0