सन्दीपले पुन: होवर्टबाट बिग बास लिग खेल्ने

क्रिकेट

काठमाडौं : नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले अष्ट्रेलियन बिग बास लिगको नयाँ सिजन पनि होबार्ट हुरिकेन्सबाटै खेल्ने भएका छन् । अस्ट्रेलियन फ्रेन्चाइज टी–२० लिग टिम होवर्टले बिहीबार नयाँ सिजनका लागि लेग स्पिनर सन्दीपसँग सम्झौता नवीकरण गरिएको जनाएको हो ।

२१ वर्षे सन्दीपले अघिल्लो सिजन होबार्ट हुरिकेन्सबाटै खेलेका थिए । सन्दीपले गत सिजन आठ खेलमा ८ विकेट लिएका थिए । सन्दीपले सन् २०१८ मा मेलबर्न स्टार्सबाट अष्ट्रेलियन बिग बास लिगमा डेब्यु गरेका थिए । बिग बास लिग खेल्ने उनी पहिलो नेपाली खेलाडी हुन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged