नेपालले आज मलेसियाविरुद्ध खेल्दै

क्रिकेट

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक ट्वान्टी ट्वान्टी क्रिकेट श्रृंखलामा आज नेपाल र मलेसिया भिड्ने छन् । खेल दिउँसो सवा २ बजे शुरु हुनेछ ।

पहिलो खेलमा नेदरल्याण्ड्सलाई ९ विकेटले हराएको नेपाल आज सोही लय दोहो¥याउदै लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ । उता आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्ससँग हारेको मलेसिया पनि आजको खेल जित्दै प्रतियोगितामा फर्कन चाहन्छ ।

टियू क्रिकेट मैदान किर्तीपूरमा हिजो भएको खेलमा नेदरल्याण्ड्सले मलेसियालाई १५ रनले हरायो । खेलमा १ सय ९२ रनको चुनौती पछ्याएको मलेसियाले ८ विकेटको क्षतिमा एक सय ७६ रन मात्रे बनायो ।

विरनदीप सिंहले ८७ रन बनाएपनि टोलीलाई जिताउन सकेनन् । यसअघि पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २ विकेटको क्षतिमा एक सय ९१ रन बनाएको थियो । उसका लागि ट्वेन्टी ट्वेन्टी क्रिकेटमा पहिलो शतक बनाएका म्याक्स ओ’डोउडले ७३ बलमा अविजित रहँदै एक सय ३३ रन बनाए ।

नेपालको सम्भावित प्लेइङ-११ : ज्ञानेन्द्र मल्ल (कप्तान), आरिफ शेख, दिपेन्द्रसिंह ऐरी, सोमपाल कामी, विनोद भण्डारी, आशिफ शेख, करण केसी, सन्दीप लामिछाने, अविनाश बोहरा, कुशल भुर्तेल र साहब आलम ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0