प्रशिक्षक ग्यारी फिलिप्स भन्छन्- ‘महिला खेलाडीहरु उत्कृष्ट प्रदर्शन गर्न आतुर छन्’

फुटबल

काठमाडौं : नेपाली राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले टिमको लक्ष्य एएफसी महिला एसियन कप–२०२२ मा छनोट हुने बताएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीबार संचारकर्मीसँग कुरा गर्दै प्रशिक्षक फिलिप्सले एसियन कपमा छनोट हुने लक्ष्य लिएको बताएका हुन् ।

नयाँ र अनुभवी खेलाडीको संयोजन भएको तथा दैनिक रुपमा खेलाडीहरूको प्रशिक्षणको क्रममा सुधार देखिएकाले छनोट खेल राम्रो गर्ने प्रशिक्षक फिलिप्सको भनाइ छ ।

‘हाम्रो लक्ष्य एसिया कपमा छनोट हुनु हो। हामीसँग युवा र अनुभवी गरी समिश्रित टिम छ। हामीले प्रारम्भिक छनोटको क्रममा फिटनेसनमा ध्यान दिएका थियौं,’ उनले भने, ‘टोलीमा पहिलोपटक स्थान बनाएका खेलाडीले विशेष उर्जा ल्याएका छन्। खेलाडीहरु उत्कृष्ट प्रदर्शन गर्न आतुर छन्।’

विगत तीन सातादेखि बन्द प्रशिक्षणमा रहेका ३५ खेलाडीबाट अन्तिम २३ खेलाडी छनोट गरिएको छ। यसपटक प्रिती राई, रश्मी घिसिङ, सविता राना, रजनी थोकर, सिर्जना सिंह, विमला बिक र निशा थोकर गरी ७ खेलाडीले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0