ओमान पुगे लगत्तै नेपाली क्रिकेट टिमको अभ्यास सुरु ( हेर्नुस फोटोहरु )

क्रिकेट

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिका, नेपाल र ओमानबीचको त्रिकोणात्मक सिरिज खेल्ने यतिबेला नेपाली टिम ओमान पुगेक छ । त्यस्तै ओमान पुगे लगत्तै नेपाली टिमले अभ्यास पनि थालको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बुधबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले पहिलो खेल भदौ २८ मा अमेरिकासँग खेल्ने छ । यस्तै, दोस्रो खेल भदौ २९ मा ओमानसँग खेल्नेछ ।

तेस्रो खेल अमेरिकासँग असोज १ मा खेल्ने नेपालले अन्तिम खेलमा असोज ३ गते ओमानसँग भिड्दैछ । त्रिकोणात्मक सिरिज अघि तयारीको लागि नेपालले पपुवा न्युगिनी (पीएनजी) सँग दुई एक दिवसीय क्रिकेट खेल्नेछ ।

यस्तो छ नेपाली टिम : ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्र सिंह ऐरि (उप-कप्तान), आसिफ सेख, कुशल मल्ल, सोमपाल कामी, अविनाश बोहरा, शरद भेषवाकर, गुलशन झा, विनोद भण्डारी, सन्दीप लामिछाने, रोहित पौडेल, विक्रम सोव, कुशल भुर्तेल, आरिफ सेख, करण केसी, पवन सराफ, सुशन भारी

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0