सार्वजनिक च्याम्पियन्स लिग ड्र, कुन समूहमा को ?

फुटबल

काठमाडौं, भदौ ११ : युएफा च्याम्पियन्स लिग फुटबलको समूह चरणको खेल तालिका सार्वजनिक गरिएको छ । युएफाले गएराति समुह विभाजन गर्दा साविक विजेता चेल्सी र युभेन्टस एकै समुहमा परेका छन् ।

यस्तै समूह ‘बी’ मा स्पेनिस च्याम्पियन एट्लेटिको म्याड्रिड र इंग्लिस क्लब परेका छन्। यो समूहमा पोर्चुगलको पोर्टो र इटालीको एसी मिलान पनि छन्। समुह ए मा दुई दावेदार टोलीहरु इंग्ल्याण्डको म्यान्चेस्टर सिटी र फ्रान्सको पेरिस सेन्ट जर्मेन (पीएसजी) सँगै जर्मनीको आर.बी लाइप्जीग र बेल्जीयमको क्लब ब्रुज रहेका छन् ।

कुन समूहमा को ?

समूह ए : म्यानचेस्टर सिटी, पेरिस सेन्ट जर्मेन, लाइप्जिग, क्लब ब्रुग
समूह बी : एटलेटिको म्याड्रिड, लिभरपुल, पोर्टो, एसी मिलान
समूह सी : स्पोर्टिङ लिस्बन, बोरुसिया डर्टमुन्ड, आयाक्स, बेसिक्टास
समूह डी : इन्टर मिलान, रियल म्याड्रिड, शाख्तर डोनेस्क, शेरिफ
समूह ई : बायर्न म्युनिख, बार्सिलोना, बेन्फिका, डिनामो किएभ
समूह एफ : भिल्लारियल, म्यानचेस्टर युनाइटेड, एटलान्टा, योङ ब्वाइज
समूह जी : लिल, सेभिया, साल्ज्बर्ग, वल्फ्सबर्ग
समूह एच : चेल्सी, युभेन्टस, जेनिट, माल्मो

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0