रोनाल्डोले युभेन्टस् छाड्ने, म्यानचेस्टर सिटी जाने

फुटबल

काठमाडौं, भदौ ११ : म्यानचेस्टर सिटीले पोर्चुगल स्टार क्रिष्ट्रियानो रोनाल्डोलाई भित्र्याउने तयारी गरेको छ । युभेन्टसले तीन वर्षअघि रोनाल्डोलाई अनुबन्ध गरेको थियो । युभेन्टसले रोनाल्डोलाई बेच्न तयार रहेको तर आफ्ना सर्तहरु पूरा हुनुपर्ने बताएको छ ।

केनलाई अनुबन्ध गर्ने प्रयास असफल भएपछि सिटीको नजर रोनाल्डोमाथि छ । पोर्चुगलका पत्रकार गोन्न्सालो लोपेसको दाबी अनुसार रोनाल्डो र सिटीबीच सहमति पनि भइसकेको छ । लोपेसले बिहीबार साँझ ट्वीट गर्दै भनेका छन्, ‘रोनाल्डो म्यानचेस्टर सिटी जाने पक्का ।’

रोनाल्डोले युभेन्टसबाट च्याम्पियन्स लिग जित्ने सम्भावना नदेखेपछि सिटी जाने सोच बनाएका हुन् । रोनाल्डोका लागि म्यानचेस्टर सिटीले सम्झौतामा इच्छा देखाएपनि ट्रान्सफर रकम तिर्न भने आनाकानी छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0