नेपालले साफ च्याम्पियनसिपको तयारी कतारमा गर्ने

फुटबल

काठमाडौं, भदौ ११ : नेपाली राष्ट्रिय फुटबल टिमले साफ च्याम्पियनसिपको तयारी कतारमा गर्ने भएको छ। नेपाली टिम आगामी भदौ २५ गते अभ्यासका लागि कतार जानेछ। कतारमा २५ सदस्यीय खेलाडीको टिमले अभ्यास गर्नेछ। त्यहाँ १७ दिन बसेपछि नेपाली टिम असोज ११ गते साफ च्याम्पियनसिप खेल्न माल्दिभ्स जानेछ।

त्यसअघि नेपालले दशरथ रंगशालामा भारतसँग आगामी भदौ १७ र २० गते मैत्रीपूर्ण खेल खेल्नेछ। त्यसपछि नेपाली टिम कतार पुग्नेछ। तेह्रौं संस्करणको दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ) आगामी असोज १५ देखि २७ गतेसम्म माल्दिभ्समा हुने तय छ।

नेपाली टिम : किरणकुमार लिम्बू, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु, सुमन अर्याल, दिनेश राजंवशी, गौतम श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, सुरज जिउ ठकुरी, सुमन लामा, कमल थापामगर, नितिन थापा, तेज तामाङ, राजन गुरुङ, पुजन उपरकोटी, विशाल राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुनिल बल, मनिष डाँगी, अञ्जन विष्ट, आयुष घलान, नवयुग श्रेष्ठ, आशीष लामा

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
1
+1
1
+1
1
+1
1
+1
1

Leave a Reply

Your email address will not be published. Required fields are marked *