जोर्गिन्हो बने युइएफए वर्ष खेलाडी

फुटबल

काठमाडौं : इंग्लिस क्लब चेल्सीका इटालियन मिडफिल्डर जोर्गिन्हो यूईएफए प्लेयर अफ दी इयर घोषित भएका छन् । युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले बिहीबार जोर्गिन्होलाई अवार्ड प्रदान गरेको हो।

२९ वर्षीय जोर्गिन्होले चेल्सीका फ्रेन्च खेलाडी एन’गोलो कान्टे र म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डे ब्रुएनलाई पछि पार्दै अवार्ड हात पारेका हुन्। गत सिजन चेल्सीलाई च्याम्पियन बनाउन महत्त्वपूर्ण भूमिका निर्बाह गरेका जर्जिन्होले इटालीले गत महिना युरो जित्दा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए ।

महिलातर्फ भने सबै अवार्ड बार्सिलोनाले जितेको छ । एलेक्सिया पुटेलास महिला वर्ष खेलाडी बनेकी छन् । महिला प्रशिक्षक लुइस कोर्टलेस, महिला गोलरक्षक सान्द्रा पानोस, महिला डिफेन्डर इरेने पारेडेस, महिला मिडफिल्डर एलेक्सिया पुटेलास र महिला फरवार्ड जेनिफेर हर्मोसो बनेकी छन् ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *