नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक वाट्मोरले दिए अप्रत्यासित राजीनामा

क्रिकेट

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेभ वाटमोरले अप्रत्यासित रूपमा पदबाट राजीनामा दिएका छन् । आईसीसी विश्वकप लिग–२ का लागि ओमानमा रहेका विश्वकप विजयी प्रशिक्षक ह्वाटमोरले शुक्रबार राजीनामा दिएका हुन् ।

क्रिकेट संघका सचिव अशोकनाथ प्याकुरेलले मुख्य प्रशिक्षक वाट्मोरले राजीनामा दिएको पुष्टि गरेका छन् । सेप्टेम्बर १३ देखि २० सम्म हुने नेपाल, अमेरिका र ओमानको त्रिकोणात्मक सिरिज मुख्य प्रशिक्षकबाट बिदा लिन चाहेको उनले उल्लेख गरेका छन् ।

गत जनवरीमा मात्रै ६७ वर्षीय ह्वाटमोर नेपालको प्रशिक्षकमा नियुक्त भएका थिए । उनको नेतृत्वमा नेपालले नेदरल्याण्ड्स र मलेसियासँगको त्रिदेशीय सिरिजमा उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन बनेको थियो।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
2
Tagged