१२ वर्षपछि अप्रत्याशित रूपमा म्यानचेस्टर युनाइटेड फर्किए क्रिस्टियानो रोनाल्डो

फुटबल

काठमाडौं । पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो १२ वर्षपछि म्यानचेस्टर युनाइटेड फर्किएका छन् । युभेन्टसमा रहेका उनलाई पुनः क्लबमा भित्र्याउने सहमति भएको इंग्लिस क्लब युनाइटेडले बताएको छ । स्वास्थ्य परीक्षणपछि रोनाल्डो औपचारिक रूपमा युनाइटेडमा आबद्ध हुनेछन् ।

युनाइटेडले रोनाल्डोसँग दुई वर्षका लागि सम्झौता गरिएको जनाइएको छ । रोनाल्डोको युनाइटेड अनुबन्धलाई अप्रत्याशित मानिएको छ । रोनाल्डो युनाइटेडको सहरी प्रतिद्वन्दी म्यानचेस्टेर सिटीसँग अनुबन्ध हुने चर्चा थियो ।

पाँच पटक बालोन डी ओर जितेका रोनाल्डोले अहिलेसम्म करिअरमा ३० भन्दा धेरै प्रमुख ट्रफी जितेका छन् । म्यानचेस्टर युनाइटेडका लागि आफ्नो पहिलो स्पेलमा रोनाल्डोले २ सय ९२ खेलमा १ सय १८ गोल गरेका छन् । रोनाल्डोलाई फेरि भित्र्याउन क्लबका सबै उत्सुक छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
0
Tagged