नेपालका बलरले कसिलो बलिङ गर्दा मलेसिया १०९ रनमै अलआउट

क्रिकेट

काठमाडौं । थ्री नेसन्स टी–ट्वेन्टी क्रिकेट सिरिज अन्तर्गतको खेलमा मलेसियाले नेपाललाई १ सय १० रनको लक्ष्य दिएको छ । कीतिपुरस्थित त्रिवि मैदानमा टस हारे पहिला ब्याटिङमा तानिएको मलेसियाले १६ ओभर ५ बलमा अलआउट हुँदै १ सय ९ रन बनाएको हो

उसका लागि सेद अजिजले २७, सार्भिन मुनिएन्डीले २० र साफिक सारिफले १५ रन बाहेक अन्य खेलाडीले दोहारो अंकको रन बनाउन सकेनन् । बलिङतर्फ नेपालका करण केसीले तीन, सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, साहब आलम र कुशल मल्लले समान एक–एक विकेट लिए ।

नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्दैछ । यसअघि नेपालले शनिबार भएको पहिलो खेलमा नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गर्दा आइतबार नेदरल्याण्ड्सले मलेसियालाई १५ रनले पराजित गरेको थियो । डबल राउण्ड रोबिनको आधारमा भएको प्रतिस्पर्धामा अंकतालिकाका शीर्ष दुई टोलीले आगामी शनिबार फाइनल खेल्नेछन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0