हालान्डको गोलमा बोरुसिया डर्टमण्डको रोमाञ्चक जित

फुटबल

एजेन्सी । अन्तिम समयमा हालान्डले गरेको गोलमा बोरुसिया डर्टमण्डले बुन्डेसलिगामा होफिनहेइममाथि रोमाञ्चक विजय हासिल गरेको छ । गएराति भएको खेलमा डर्टमण्डले होफेनहमलाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।

दोस्रो जित निकाल्ने क्रममा डर्टमण्डलाई जिताउन जिओभानी रायना, जुड बेल्लिङ्घाम र एर्लिङ ब्राउट हाल्याण्डले एक–एक गोल गरे । यस्तै, होफेनहाइमका लागि क्रिस्टोफ र मुनास डाबरले एक–एक गोल गरेका थिए ।

पहिलो हाफ गोलरहित बराबरीमा टुंग्एिको खेलमा दुवै पक्षबाट पाँच गोल भने दोस्रो हाफमा भएको थियो । घरेलु टोली डर्टमण्डले जियोभानी रेनाको गोलबाट ४९औं मिनेटमा अग्रता लिएको थियो ।

६१ औं मिटमा क्रिस्टोफ बाउमगार्टनरले गोल गरेपछि होफेनहमले खेल बराबरीमा ल्याएको थियो । ६९ औं मिनेटमा जर्ज बेलिङघमले गोल गरेपछि डर्टमण्ड २–१ ले अघि बढेको थियो ।

९० औं मिनटेमा मुनास डाबुरले गोल गरेपछि होफेनहमले खेल २–२ गोलको बराबरीमा सक्याउने लक्ष्यमा थियो । तर, इन्ज्योरी सममा हालान्डले गोल गरेपछि डर्टमन्ड ३–२ गोल अन्तरले विजयी भयो ।

यो नतिजा पछि तीन खेलबाट ६ अंक जोडेको डर्टमण्ड शीर्ष स्थानमा छ । समान ६ अंक जोडेको उल्फ्सबर्ग गोल अन्तरका कारण दोस्रो स्थानमा छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0