युभेन्टसले स्टार खेलाडी रोनाल्डोलेको स्थानमा हजार्डलाई भित्र्याउने

फुटबल

काठमाडौं । युभेन्टसले स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलेको स्थानमा रियल म्याड्रिडका एडिन हजार्डलाई भित्र्याउने तयारी गरेको छ । इङ्लिस फुटबलमा १२ वर्षपछि फर्किएका रोनाल्डो स्थानमा हाजार्डलाई भित्र्याउन युभेन्टसले चाहेको मार्काले बताएको छ ।

सन् २०१९ मा १० करोड युरोमा चेल्सीबाट रियल आएका बेल्जियमका कप्तानसमेत रहेका हाजार्ड युभेन्टसले रोनाल्डोको प्रतिस्थापनका लागि भित्र्याउने खेलाडीको सूचीको शीर्ष स्थानमा रहेको मार्काले दाबी गरेको छ । लगातारको चोटका कारण ३० वर्षीय हाजार्डले रियलमा दुई सिजन बिताउँदा ४५ खेलमा ५ गोल गर्नुका साथै ९ असिस्ट दिएका छन् ।

सन् २०१८ मा रियाल मड्रिडबाट १०० मिलियन पाउन्डमा युभेन्टस पुगेका रोनाल्डो शुक्रबार नै १२ वर्षपछि आफ्नो पूर्व क्लब म्यानचेस्ट युनाइटेड फर्किसकेका छन् । रोनाल्डोले २००३ देखि २००९ सम्म युनाइटेडबाट खेलेका थिए । त्यसक्रममा उनले तीन प्रिमियर लिग उपाधि, च्याम्पियन्स लिग र क्लब वर्ल्डकपको उपाधि दिलाए । युनाइटेडका लागि २९२ खेल खेलेका उनले ११८ गोल गरेका थिए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
1
+1
0