इङ्ल्याण्डबिरुद्ध तेस्रो टेस्टमा भारतको शर्मनाक हार

क्रिकेट

काठमाडौं । इङ्ल्याण्डबिरुद्ध तेस्रो टेस्टमा भारतले एक पारी र ७६ रनको शर्मनाक पराजय भोगेको छ । लिड्समा आज २ विकेट गुमाएर दुई सय १५ रन बनाएको अवस्थाबाट चौथो दिनको खेल थालेको भारत २ सय ७८ रन बनाउँदा अलआउट भयो ।

भारतका लागि दोस्रो इनिंगमा चैतेश्वर पुजाराले सर्बाधिक ९१ रन बनाए भने रोहित शर्माले ५९ र कप्तान विराट कोहलीले ५५ रनको योगदान गरेका थिए । बाँकी ब्याट्सम्यानले दोहोरो अंकमा समेत रन बनाउन सकेनन्।

इंग्ल्याण्डका ओइली रोविन्सनले पाँच, क्रियाग ओभर्टनले तीन तथा मोइन अली र जेम्स एण्डरसनले १/१ विकेट लिए । त्यसअघि लिड्समा टस जितेर ब्याटिङ रोजेको भारत ४०.४ ओभरमा अलआउट हुँदै ७८ रनमा समेटिएको थियो।

इंग्ल्याण्ड पहिलो पारीमा १३२.२ ओभरमा सबै विकेट गुमाउँदै ४ सय ३२ रनमा समेटिएको थियो। यस खेलका दुवै इनिंगमा कुल ७ विकेट लिएका रोबिन्सन प्लेयर अफ द म्याच समेत बनेका छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0