रोहित चन्दले भारतविरुद्धको मैत्रीपूर्ण खेल नखेल्ने

फुटबल

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य रोहित चन्दले भारतविरुद्धको आसन्न मैत्रीपूर्ण खेल नखेल्ने भएका छन्। भर्खर मात्र इन्डोनेसिया गएका रोहितले साफलाई महत्वमा राखेको हुनाले भारतविरुद्धको खेलमा नआउने भएका हुन् ।

इन्डोनेसियामा रहेका रोहित मैत्रीपूर्ण खेलका लागि नेपाल नआउने भएका हुन् । रोहित पर्सिजा जकार्ताबाट इन्डोनेसियाको शीर्ष डिभिजनको लिग खेलिरहेका छन् । राष्ट्रिय टिमको बन्द प्रशिक्षण चलिरहेका बेला रोहित ९ दिनअघि इन्डोनेसियाको जाकर्ता प्रस्थान गरेका थिए।

नेपाल र भारतबीच यहि भदौ १७ र २० गते दशरथ रंगशालामा मैत्रीपूर्ण खेल हुँदैछ। साफ च्याम्पियनसिपअघि नेपाल र भारतबीच खेल हुन लागेको हो। त्यसका लागि भारतीय टोली सोमबार नेपाल आइपुग्नेछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
1
+1
0
+1
0
+1
0
Tagged