आर्सनलको अर्को शर्मनाक हार, म्यानचेस्टर सिटीसँग ५-० गोल अन्तरले पराजित

फुटबल

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले आर्सनलमाथि ५–० को सहज विजय हासिल गरेको छ । यो सिजनका सुरुका दुई वटा खेल हारेको आर्सनल आज पनि निरन्तरता पाएको छ ।

सिटीको जितमा फेरान टोरेजले दुइ गोल गरेका छन् भने गाब्रियल जिसस, रोड्री र इके गुण्डोगनले एक एक गोल गरेका थिए । आर्सनलका साकाले ३५ औं मिनेटमा रातो कार्ड पाएपछि उ १० खेलाडीमा सीमित भएको थियो।

यो जितपछि सिटीको ३ खेलमा ६ अंक भएको छ । त्यस्तै आर्सनलले बहने यस सिजनमा लागातर तेस्रो हार बेहोरेको छ । आर्सनल तीन खेलपछि अंक तालिकामा पुछारमा रहेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0