सिरी ‘ए’मा नवप्रवेश इम्पोलीसँग युभेन्ट्स स्तब्ध

फुटबल

काठमाडौं । इटालिय सिरी ‘ए’ मा नवप्रवेशी इम्पोलीसँग घरेलु मैदानमै युभेन्ट्स पराजित भएको छ । युभेन्ट्सले इम्पोलीसँग १–० को पराजय बेहोरेको हो ।

युभेन्ट्सलाई हराउँन लियोनार्दो मानकुसोले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले २१औं मिनेटमा गोल गरेका थिए । इम्पोलीको महत्वपूर्ण जितमा गोलरक्षक गुगलिलमो भिकाइरोले उच्च प्रदर्शन गरे ।

सिरी ‘ए’ अन्तर्गत शनिबार राति नै भएका अन्य खेलमा लाजियोले स्पेजियामाथि ६-१ तथा फियोेरेन्टिनाले टोरिनोमाथि २-१ को जित निकाल्दा एटलान्टा बोलोग्नासँग गोलरहित बराबरीमा रोकियो ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0