१० खेलाडीमा सीमित चेल्सी र लिभरपुल बराबरीमा

फुटबल

काठमाडौं । इंग्लिस प्रिमियर लिगअन्तर्गत गएराति भएको खेलमा चेल्सी र लिभरपुल बराबरीमा रोकिएका छन्। शनिबार भएको खेल १-१ गोलको बराबरीमा सकिएको हो।

खेलको पहिलो हाफमै सुरुवाती अग्रता लिए पनि चेल्सीले अग्रता जोगाउन सकेन । खेलको २२औं मिनेटमा काइ हाभर्ट्जले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए। उनले रिस जेम्सको कर्नरमा गोल गरेका थिए।

पहिलो हाफको इन्जुरी टाइममा चेल्सीका डिफेन्डर जेम्सले रातो कार्ड पाउँदा चेल्सी १० खेलाडीमा सीमित बन्यो। जेम्सले गोललाइनमा गोल बचाउने क्रममा बलले हातमा लागेपछि रेफ्रीले रातो कार्ड दिँदै लिभरपुललाई पेनाल्टी दिए । उक्त पेनाल्टीको सदुपयोग गर्दै मोहमद सलाहले खेल बराबरीमा ल्याए ।

दोस्रो हाफमा लिभरपुलले एकतर्फी आक्रमण गरेपनि खेलमा अग्रता बनाउन सकेन। बराबरीसँगै ३ खेलबाट समान ७ अंक जोडेका चेल्सी दोस्रो र लिभरपुल तेस्रो स्थानमा छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *