लेवान्डोस्कीको ह्याट्रिकमा बायर्न म्युनिखको फराकिलो जित

फुटबल

काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा लेवान्डोस्कीको ह्याट्रिकमा बायर्न म्युनिखले फराकिलो जित निकालेको छ। शनिबार राति घरेलु मैदान एलियान्ज एरिनामा भएको खेलमा वायर्नले हेर्था बर्लीनलाई ५–० गोल अन्तरले पराजित गरेको हो ।

बायर्नको जितमा रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक गोल गरे भने थोमस मुलर र जमल मुसिआलाले एक/एक गोल गरे। खेलको छैटौँ मिनेटमै मुलरले गोल गर्दै बायर्नलाई अग्रता दिलाए । २४औँ मिनेटमा लेवान्डोस्कीले टोलीको अग्रता दोब्बर बनाए ।

४९ औं मिनेटमा जमलले गोल गर्दा वायर्नले आफ्नो अग्रता ३–० को बनायो । ७० औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई ४–० को अग्रता दिलाए । ८४ औं मिनेटमा लेवान्डोस्कीले ह्याट्रिक गोल पूरा गरे । लेवान्डोस्कीको ह्याट्रिकसँगै वार्यनले ५–० गोल अन्तरको जित निकाल्यो ।

जितसँगै ३ खेलबाट ७ अंक जोडेको बायर्न दोस्रो स्थानमा रहँदा लगातार तेस्रो पराजय बेहोर्दै अंक विहीन बनेको हेर्था अन्तिम स्थनमा छ । लिग अन्तर्गत शनिबार राति नै भएका अन्य खेलमा फ्रेइबर्गले स्टुटगार्टमाथि ३–२, माइन्जले गे्रयुटर फ्रुर्थमाथि ३–०, बायर लिभरकुसेनले अग्स्बर्गमाथि ४–१ को जित हात पारे ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged