त्रिकोणात्मक सिरिजमा आज नेपाल र मलेसिया भिड्दै

क्रिकेट

काठमाडौं, ६ वैशाख । काठमाडौंमा जारी त्रिदेशीय टी-२० क्रिकेट श्रृंखलाअन्तर्गत आज तेस्रो खेलमा नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुँदै छ ।खेल दिउँसो सवा १ बजेपछि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुने छ । मलेसियाको कप्तानी फैज अहमदले गर्दैछन् भने नेपाली टोलीका कप्तान ज्ञानेन्द्र मल्ल रहेका छन् । टी-२० को विश्‍व वरियतामा मलेसिया ३१औं स्थानमा छ भने नेपाल १४औं स्थानमा रहेको छ ।

हिजो भएको दोस्रो खेलमा नेदरल्यान्ड्सले मलेसियालाई १५ रनले हराउँदै पहिलो जीत दर्ता गरेको छ । त्यसअघि पहिलो खेलमा नेपालले नेदरल्यान्ड्समाथि ९ विकेटको शानदार जीत निकालेको थियो । डबल राउन्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीबीच फाइनल खेल यही वैशाख ११ गते हुने छ ।

नेपाली टिम : ज्ञानेन्द्र मल्ल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अविनाश बोहरा, आरिफ शेख, आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, कमल सिंह ऐरी, सुशन भारी,शाहब आलम र सन्दीप जाेरा।

नेदरल्यान्ड्स टिम : पिटार सिलार (कप्तान), टोबियस भिसे, बेन कुपर, म्याक्स ओडिवड, बास डी लीडे, विक्रमजित सिंह, स्कर्ट एडवार्डस, आर्यन दत्त, फिलिपे बोइससेवेन, पल पान मिकेरन, भिभिन किंगमा, टोनी स्टल, सेबस्टियान ब्राट र जुलियन डी म।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *