पीएसजीबाट मेस्सीले आज डेब्यु गर्ने

फुटबल

काठमाडौं । स्टार खेलाडी लियोनेल मेस्सीले आज रेइम्सविरुद्ध हुने लिग वानमा डेब्यु गर्ने भएका छन् । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मन(पिएसजी)ले आज रेइम्सको सामना गर्दैछ। खेल नेपाली समयअनुसार आइतबार राति १२ः३० बजे शुरु हुनेछ।

प्रशिक्षक माउरिसियो पोचेटिनोले मेस्सी पहिलो पटक पीएसजीको टोलीमा हुने पक्का गरेका छन् । तर उनी सुरुवातबाट खेल्छन् वा बेन्चमा रहन्छन् भन्ने टुङ्गो भएकोे छैन । यसो त मेसीले क्लबमा अनुबन्ध हुनेबित्तिकै खेलका लागि तयार रहेको बताएका थिए। तर प्रशिक्षक माउरिसियो पोचेटिनोले केही समय प्रशिक्षण गराएर मात्र उनलाई मैदान उतार्दा प्रभावकारी हुने बताएका थिए।

तर मेस्सीले कति समय खेल्न पाउनेछन् र कुन पोजिसनबाट खेल्नेछन् भन्ने तय भइसकेको छैन । मेस्सी वैकल्पिक खेलाडीका रुपमा मैदान उत्रनसक्छन् । कोपा अमेरिकापछि लामो समय बिदामा बसेकाले सुरुवाती खेलमा ३० मिनेटमात्रै मैदानमा देखिनसक्छन् । मेस्सीले पिएसजीको टोलीसँग पर्याप्त प्रशिक्षण गर्न नपाएका कारण सुरुवाती तीन खेलमा उनलाई मैदान उतारिएन । यी तीनवटै खेलमा पिएसजी विजयी भइसकेको छ । नेइमार पनि यी खेलमा सहभागी थिएनन् ।

विगत २१ वर्षसम्म बार्सिलोनाबाट खेलेका मेस्सीले १७ वर्ष सिनियर टोलीबाट खेलेका थिए । उनले यसक्रममा चारपटक च्याम्पियन्स लिग तथा १० पटक स्पेनिस ला–लिगा जिते । ६ पटकका बेलोन डि’ आर विजेता मेस्सी यसै सिजन बार्सिलोनासँगको सम्झौता सकिएपछि पिएसजीमा आबद्ध भएका हुन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0