प्रिमियर लिगको शीर्षस्थानमा टोटेनहम

फुटबल

काठमाडौं । इङ्लिस प्रिमियर लिगमा टोटेनह्याम अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ। आइतबार घरेलु मैदानमा सम्पन्न खेलमा वाटफर्डलाई १-० ले पराजित गर्दै टोटेनहम पहिलो स्थानमा पुगेको हो।

टोटेनह्यामको जितमा ह्युङ–मिन सनले निर्णायक गोल गरेका थिए । सनले खेलको ४२ औं मिनेटमा बायाँ विंगबाट गरेको फ्रिकिक प्रहार सिधै गोल भएको थियो ।

आजै प्रिमियर लिगको अर्को खेलमा बर्नली र लिड्स युनाइटेडले १–१ को बराबरी खेले । बर्नलीले क्रिस उडको गोलबाट ६१औँ मिनेटमा अग्रता लिएको थियो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0