मेसी, नेइमार र एमबाप्पे एकसाथ आज रेइम्सबिरुद्ध मैदानमा उत्रने

फुटबल

अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेसीले आज पेरिस सेन्ट जर्मन (पीएसजी)बाट डेब्यू गर्ने पक्का भएको छ । पीएसजीले आज रेइम्सविरुद्धको खेलका लागि सार्वजनिक गरेको २२ सदस्सीय टोलीमा मेसीको नाम समावेश गरेको छ ।

यो खेल नेपाली समयअनुसार मध्यरात १२:३० बजे हुनेछ । तर, मेसी आजको खेलमा पहिलो रोजाइमा मैदान उत्रन्छन् वा बेन्चमा रहन्छन् भन्ने एकीन भने छैन। जुलाई दोस्रो साता सम्पन्न कोपा अमेरिकाको फाइनल खेलेपछि मेस्सी मैदानमा उत्रिएका छैनन्।

पीएसजीले मेसीसँगै रेइम्सविरुद्धको टोलीमा नेइमार र एमबाप्पेलाई पनि समावेश गरेको छ । एमबाप्पे यसै सिजन रियाल मड्रिड जान लागेको चर्चा छ । तथापि, शनिबार प्रशिक्षक माउरिसियो पोचेट्टिनोले एमबाप्पले आफूलाई रियाल जानेबारे केही नभनेको बताएका थिए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *