डेब्युमा गोल गर्न चुके मेसि, एमबाप्पेको दुई गोलमा पिएसजीको जित

फुटबल

काठमाडौं : अर्जेन्टिनी सुपरस्टार लिओनल मेसीले फ्रान्सको शीर्ष डिभिजनको लिगमा डेब्यु गरेका छन् । गएराति भएको रेम्सविरुद्धको खेलबाट मेस्सीले पेरिस सेन्ट जर्मेन (पिएसजी)को लागि डेब्यु गरेका हुन् ।

उनी नेइमारको स्थानमा खेलको ६६ मिनेटमा ३० नम्बरको जर्सी लगाएर मैदान छिरेका थिए। पिएसजी २–० ले विजयी भएको यो खेलमा दुबै गोल भने किलियन एम्बाप्पेले गरे ।

एमबाप्पेले खेलको १६ औँ मिनेटमा एन्जल डि मारियाको पासमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । ६३ औँ मिनेटमा अचराफ हाकिमीको पासलाई सदुपयोग गर्दै एम्बाप्पेले नै व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गरेपछि पिएसजीले लगातार चौथो जित हात पारको हो ।

लिग वान अन्तर्गत आइतबार नै भएका अन्य खेलमा मोनाकोले ट्रोएसमाथि २-१, एनगर्सले रेनेसमाथि २-०तथा स्टार्सबर्गले ब्रेस्टमाथि ३-१ को जित हात पारे । लिलले मोन्टपिलियरलाई २-१ ले हराउँदा क्लेरमोन्ट र मिट्ज तथा लेन्स र लोरिन्टले समान २-२ को बराबरी खेले ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0