पिएसजीमा मेसिले डेब्यु गरेकै दिन गेटाफेमाथि बार्सिलोनाको कठिन जित

फुटबल

काठमाडौं । सेर्जी रोबर्टो र मेम्फिस डिपाएको गोलमा स्पेनिश ला-लिगा अन्तर्गत बार्सिलोनाले बार्सिलोनाले दोस्रो जित निकालेको छ । उसले घरेलु मैदान क्याप नोउमा गेटाफेमाथि २-१ को कठिन जित हात पारेको हो।

खेलको दोेस्रो मिनेटमै जोर्डी अल्बाको पासलाई सदुपयोग गर्दै रोबर्टोले घरेलु टोली बार्सिलोनालाई अग्रता दिलाए । १८औं मिनेटमा सान्ड्रोले बराबरी गोल फर्काए। बार्सिलोनाकै पूर्वखेलाडी कार्लेस अलेनाको पासमा उनले गोल गर्दै खेल बराबरीमा ल्याए।

यस्तै, ३० औं मिनेटमा डिपाएले गोल गर्दै बार्सिलोनालाई २-१ को जित दिलाए। उनले फ्रेंकी डे जोङको पासलाई नियन्त्रणमा लिँदै गोल गरेका थिए।

लिगमा बार्सिलोनाको यो दोस्रो जित हो। सिजनको पहिलो खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई ४–२ गोलले हराएको थियो। दोस्रो खेलमा बार्सिलोना एथलेटिक बिल्बाओसँग १–१ गोलको बराबरीमा रोकिएको थियो।

३ खेलबाट ७ अंक जोडेको बार्सिलोना चाथौँ स्थानमा छ । शीर्ष ३ टोलीसँग समान अंक भए पनि बार्सिलोना गोल अन्तरमा पछाडि रहेको हो । शीर्ष तीन टोलीको गोल अन्तर ४ हुँदा बार्सिलोनाको ३ छ । पाँचौ स्थानमा रहेको एथ्लेटिको मड्रिड र छैटौँ स्थानको मार्लोकाले पनि समान ७ अंक जोडेका छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *