उल्भ्समाथि म्यानचेस्टर युनाइटेडको कीर्तिमानी जित

फुटबल

काठमाडौं । इंग्लिस प्रिमियर लिग (इपिएल) मा म्यान्चेस्टर युनाइटेडले कठिक जित निकालेको छ । आइतबार राति भएको खेलमा युनाइटेडले उल्भ्समाथि १-० गोलको कठिन जित निकालेको हो । योसँगै अबे मैदानमा युनाइटेडको अपराजित यात्रा २८ खेलसम्म पुगेको छ । जुन प्रिमियर लिग इतिहासमा सबैभन्दा लामो हो ।

उल्भ्सको मैदानमा युनाइटेडलाई जित दिलाउन मासन ग्रीनउडले निर्णायक गोल गरे। खेलको ८१ औं मिनेटमा ग्रीनउडले गोल गरेका हुन्। उनले डेब्यु खेलाडी राफायल भरानको पासमा सदूपयोग गरे ।

दोस्रो जितसँगै युनाईटेडले तीन खेलमा सात अंकसहित तालिकाको तेस्रो स्थानमा छ। उल्भ्सको यो लगातार तेस्रो हार हो। अंकविहीन उल्भ्स १८ औं स्थानमा छ।

आइतबारकै अर्को खेलमा लिड्स युनाइटेड र बर्नली १–१ को बराबरीमा रोकिए। बर्नलीले ६१ औं मिनेटमा क्रिस वुडको गोलमा अग्रता लिएको थियो। प्याट्रिक बामफर्डले खेल सकिन ४ मिनेट बाँकी रहँदा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0