जिम्बावेका कप्तान सिकन्दर राजाले विराटनगरबाट ईपिएल खेल्ने

क्रिकेट

काठमाडौं : जिम्बावेका टि–२० कप्तान सिकन्दर राजाले एभरेष्ट प्रिमियर लिग (ईपिएल)मा विराटनगर वारियर्सबाट खेल्ने भएका छन् । विराटनगर वारियर्सले पहिलो विदेशी खेलाडीको रुपमा राजाको नाम समाजिक सञ्जाल मार्फत सार्वजनिक गरेको छ ।

जिम्बावेका लागि १०५ एकदिवसीय, १७ टेस्ट र ४२ टी-२० खेलेका उनीसँग क्यारेबियन प्रिमियर लिग र पाकिस्तान सुपर लिगखेलेको अनुभव पनि छ। राजाले सन् २०१८ को एकदिवसिय ग्लोबल विश्वकप छनोटमा नेपालविरुद्ध ६६ बलमा १ सय २३ रनको आक्रामक इनिङ खेलेका थिए । ३५ वर्षिय सिकन्दर आक्रमक ब्याट्सम्यान हुन । साथै उनले स्पिन बलिङ समेत गर्ने गर्छन् ।

चौंथो संस्करणको इपिएल क्रिकेट आगामी असोज ९ देखि असोज २३ गतेसम्म सञ्चालन हुने तय छ। प्रतियोगितामा विभिन्न ६ शहरका फ्रेन्चाइज टोलीले सहभागिता जनाउने छन्। ईपीएलमा एक टिमले ३ जनासम्म विदेशी खेलाडी राख्न पाउनेछन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged