भारतीय कप्तान सुनिल भन्छन् : ‘हजुरबा, हजुरआमाको देशमा खेल्न पाउँदा खुसी लाग्छ’

फुटबल

काठमाडौं । नेपालसँगको मैत्रीपूर्ण खेलका लागि भारतीय फुटबल टिम काठमाडौं आइपुगेको छ। विमानस्थलमा ओर्लिपछि भारतीय टोलीका कप्तान सुनिल क्षेत्रीले नेपाली भाषामा नै सञ्चार माध्यमलाई प्रतिक्रिया दिए ।

क्षेत्रीले यस्तो कोरोनाको बेलामा भारतीय टिमलाई नेपाल बोलाएकोमा धन्यवाद दिदै आफुहरुले राम्रो खेल्ने विश्वास व्यक्त गरे । उनले भने, ‘ जहिले पनि नेपालसँग खेलेका छौं, नेपाली टिमसँग खेल्न कठिन नै हुन्छ । धेरै राम्रो टिम छ । अहिले घरमा खेल्दा नेपाली टिम झन् फरक हुनसक्छ ।’

प्रतिक्रिया दिने क्रममा उनले हजुरबा, हजुरआमा, आमाको देश नेपालमा खेल्न पाउँदा खुसी लाग्ने बताउँदै नेपाली टोलीको खेललाई पनि प्रशंसा गरे । ‘नेपालमा खेल्न पाउँदा मलाई निकै खुसी लाग्छ । मेरो हजुरबा, हजुरआमा यहीबाट हुनुहुन्थ्यो । ममी पनि यहीँबाट हुनुहुन्छ । मलाइ घर जस्तो लाग्छ । यस्तो अवस्थामा पनि सबैजना सुरक्षित रहनु होला । सबै नेपालीलाई सुरक्षित भएर बस्न आग्रह गर्छु ।’ उनले भने ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
3
+1
0
+1
0
+1
0
+1
0
+1
1