एम्बाप्पे रियल मड्रिड नजाने पक्का, पीएसजीमै रहने

फुटबल

काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) का फरवार्ड किलिएन एमबाप्पेले यस सिजन क्लब नछाड्ने पक्का भएको छ। यो सिजन नै एम्बाप्पेलाई भित्र्याउनेमा आशावादी रहेको स्पेनिस महारथीले अन्त्यमा पीएसजीको २० करोड यूरोको माग पूरा गर्न अस्वीकार गरेको गोल डकटमले बताएको छ ।

एबमाप्पे र पिएसजीबीच यो सिजनको अन्त्यसम्म करार सम्झौता भएको थियो। उनले पिएजसी नछाड्ने भएसँगै अब लियोनेल मेसी र नेयमारसँगै टोलीको आक्रामण सम्हाल्ने छन्।

क्लब छाड्ने हल्लाबीच एम्बाप्पेले आइतबार रेइम्सविरुद्धको खेलमा शुरुवात गरेका थिए । २–० को जीतमा उनले नै दुवै गोल गरेका थिए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
Tagged

Leave a Reply

Your email address will not be published. Required fields are marked *