भुटानका रानजुङ मिक्यो दोर्जीले ललितपुरबाट ईपीएल खेल्ने

क्रिकेट

काठमाडौं । चाैथाे संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा भुटानका रानजुङ मिक्यो दोर्जीले ललितपुर प्याट्रिओट्सबाट खेल्ने भएका छन् । ललितपुरले मंगलबार दोस्रो विदेशी खेलाडीका रूपमा दोर्जीलाई अनुवन्ध गरेको जानकारी दिएको हो ।

‘मलाई यो अवसर दिनु भएकोमा सम्पूर्ण सरोकारवालाहरूलाई धन्यवाद । साविकविजेता टोली ललितपुरका लागि खेल्न असाध्यै उत्साहित छु ’, दोर्जिले भने,‘र फेरि एकपटक नेपाली दर्शकसामु खेल्ने मौका पाँउदा धेरै खुसी महसुस गरेको छु ।’

चौंथो संस्करणको इपिएल क्रिकेट आगामी असोज ९ देखि असोज २३ गतेसम्म सञ्चालन हुने तय छ। प्रतियोगितामा विभिन्न ६ शहरका फ्रेन्चाइज टोलीले सहभागिता जनाउने छन्। ईपीएलमा एक टिमले ३ जनासम्म विदेशी खेलाडी राख्न पाउनेछन् ।

 

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
Tagged