रोनाल्डोले भने : ‘म सर एलेक्स फर्गुसनका लागि म्यानचेस्टर युनाइटेडमा फर्केको हुँ’

फुटबल

काठमाडौं । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले अनुबन्ध गरेको छ । मंगलबार युनाइटेडले युभेन्ट्सका ३६ बर्षीय फरवार्ड रोनाल्डोलाई अनुबन्ध गरेको हो । सम्झौता दुई बर्षको रहेको युनाइटेडले जनाएको छ ।

यस्तै ३६ वर्षीय रोनाल्डोलाई सम्झौता थप गर्ने विकल्प समेत दिइएको युनाइटेडले जनाएको छ । ​युनाइटेडले १ करोड ५० लाख युरो खर्चेर युभेन्टसबाट रोनाल्डोलाई क्लबमा भित्र्याएको हो । उनी एक दशकअघि युनाइटेडबाटै रियल म्याड्रिड गएका थिए ।

रोनाल्डोले फेरि युनाइटेडका लागि खेल्न आतुर रहेको बताएका छन् । ‘म्यानचेस्टर युनाइटेड एक क्लब हो जसले मेरो हृदयमा विशेष स्थान पाउछ । म ओल्डट्राफोर्डमा खेल्नको लागि आतुर छु ।’

पाँच पटकका बालोन डी’अर अवार्ड विजेता रोनाल्डो थप्छन्, “म जहाँबाट स्थापित भएको थिएँ । अहिले त्यही फर्किएको छु । पुनः हामी एक ठाउँमा भएका छौँ । सर एलेक्स, यो तपाईंलाई समर्पित गर्दछु ।” रोनाल्डो युनाइटेडमा हुदाँ फर्गुसन क्लबको प्रशिक्षक थिए । रोनाल्डो मड्रिड जानुअघि युनाइटेडबाट २९२ खेलमा ११८ गोल गरेका थिए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
2
+1
2
+1
1
+1
1
+1
0
+1
0
Tagged