प्रशिक्षक अल्मुताइरी भन्छन् ‘भारतबिरुद्ध बराबरीको लागि हैन जितको लागि खेल्छौ’

फुटबल

काठमाडौं, भदौ १६ : नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भारतविरुद्ध बराबरीका लागि नभई जित्नकै लागि खेल्ने बताएका छन्। उनले बुधबार प्रि म्याच कन्फरेन्समा बोल्दै नेपालले भारतविरुद्ध बराबरीका लागि नभएर जित्नैका लागि खेल्ने बताएका हुन् ।

उनले भनेका छन्, ‘भारत कडा प्रतिस्पर्धी हो । तर हामीले यसलाई अन्तर्राष्ट्रिय टिमसँगको प्रतिस्पर्धाका रुपमा मात्रै लिएका छौँ । हाम्रो लक्ष्य बराबरी होइन, जित हो । अलुताइरीले भने, ‘राष्ट्रिय टिमले खुसी बनाउने होइन, गर्व गर्न लायक बनाउनु आवश्यक छ । हामी बराबरीका लागि नभएर जितका लागि खेल्ने छौँ ।’

उनले आफ्नो लक्ष्य अन्ततः साफ च्याम्पियनसिप नै रहेको बताउँदै भने, `दुई महिनाबाट प्रशिक्षण गरिरहेका छौं। हाम्रो लक्ष्य साफ च्याम्पियनसिप हो । यो खेलमा गल्तीहरु सुधार गरेर साफमा बलियो प्रदर्शन गर्ने हो। हामी खेलका लागि तयार छौं,’ । तथापि मैत्रीपूर्ण खेलमा भारतसँग पराजित भए पनि त्यसमा चिन्ता लिनु नपर्ने उनले बताए। `यो साफ च्याम्पियनसिप होइन। त्यसैले हारे पनि केही फरक पर्दैन,´ उनले थपे।

प्रशिक्षक अलमुताइरीले वरीयताले टिमलाई असर नगर्नेसमेत बताए। `इतिहास र वरीयताले असर गर्ने छैन। उनीहरु बलिया छन् तर हामी सच्चा गोर्खाली हौं, डटेर खेल्छौं,´ उनले भने। भारतीय टोलीका प्रशिक्षक इगोर स्तीमाचले आफूहरुले नेपालसँगको खेललाई सामान्य रुपमा नलिएको बताए ।

उनले भने, ‘साफ च्याम्पियनसिपको उपाधि दाबेदार मध्ये एक रहेकाले नेपाल टोलीलाई हामीले सामान्य रुपमा लिएका छैनौँ । पछिल्लो समय नेपाली टोलीले राम्रो रक्षात्मक खेल खेलिरहेको छ । हाम्रो ध्यान खेलाडीहरु कोही चोटग्रस्त नहुन् भन्नेमा पनि छ ।’ नेपालले भारतसँग भोलि (बिहीबार) त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पहिलो मैत्रीपूर्ण खेल खेल्नेछ। खेल ५:३० बजे सुरु हुनेछ । यस्तै नेपालले भारतसँग दोस्रो खेल आइतबार खेल्नेछ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
5
+1
0
+1
0
+1
1
+1
0
+1
0
Tagged

Leave a Reply

Your email address will not be published. Required fields are marked *