पूर्ण खोप लगाएका र पीसीआर रिपोर्ट भएकाले नेपाल-भारतको खेल हेर्न रंगशाला जान पाउने

फुटबल

काठमाडौं : नेपाल र भारतबीच हुने दुई मैत्रीपूर्ण खेलमा ५१ सय दर्शकलाई प्रवेश दिइने भएको छ। नेपाल सरकारले दुई देशबीच हुने मैत्रीपूर्ण फुटबल खेल हेर्न दर्शक प्रवेशलाई स्वीकृत दिएसँगै यसको तयारी थालिएको अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्मा छिरिङ शेर्पाले जानकारी दिए ।

तर त्यसका लागि भने दर्शकले केही शर्त पूरा गरेको हुनुपर्ने बताइएको छ । खेल हेर्ने दर्शकले कोभिडको पूर्ण खोप लगाएको वा कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको देखाउनु पर्नेछ । एन्फाले अनलाइन माध्यमबाट टिकट खरिद गर्न सकिने र मूल्य साँझसम्म टुङ्गो लाग्ने बताएको छ ।

`दर्शकसहित खेल खेलाउनका लागि जिल्ला प्रशासन र सरकारलाई प्रस्ताव राखेको थियौं। सीसीएमसीले पनि दर्शक राख्न अनुमति दिएको छ,´ अध्यक्ष कर्मा छिरिङ शेर्पाले भने। खेल हेर्नका लागि भने पीसीआर रिपोर्ट नेगेटिभ आएको र दुई डोज भ्याक्सिन लगाउनेलाई मात्रै प्रवेश दिइने बताए।

नेपालले भारतसँग भोलि (बिहीबार) पहिलो मैत्रीपूर्ण खेल खेल्नेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने मैत्रीपूर्ण खेल ५ः३० बजे सुरु हुनेछ । यस्तै नेपालले भारतसँग दोस्रो खेल आइतबार खेल्नेछ । नेपाल र भारतबीच ६ वर्षपछि दशरथ रंगशालामा खेल हुन लागेको हो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
3
+1
0
+1
3
+1
2
+1
1
+1
0