आर्थिक समस्याबाट गुज्रिरहेको बार्सिलानाले ग्रिजम्यानलाई लोनमा बेच्यो

फुटबल

काठमाडौं । ला लिगा च्याम्पियन एथ्लेटिको मड्रिडले एन्टोनिओ ग्रिजम्यानलाई पुनः अनुबन्धित गरेको छ । एट्लेटिकोले ग्रिजम्यानलाई बार्सिलोनाबाट एक वर्षका लागि लोनमा ल्याएको हो। एट्लेटिकोले ३० वर्षीय ग्रिजम्यानलाई अर्को स्पेनिस क्लब बार्सिलोनाबाट १ वर्षका लागि लोनमा भित्र्याएको हो । क्लबले उनलाई स्थायी खेलाडीको रूपमा अनुबन्ध गर्न सक्ने सर्त पनि राखेको छ ।

यसअघि सन् २०१९ मा ग्रिजम्यान एट्लेटिकोबाट बार्सिलोना गएका थिए । उनका लागि बार्सिलोनाले १०७ मिलियन पाउण्ड स्ट्रर्लिङ तिरेको थियो। ग्रिजम्यान आर्थिक समस्याबाट गुज्रिरहेको बार्सिलानाबाट बाहिने ११ औँ खेलाडी हुन् । क्लबले यही सिजन आफ्ना सबैभन्दा महत्वपूर्ण तथा सफल खेलाडी लियोनल मेस्सीलाई पनि गुमाएको थियो ।

मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका छन् । बार्सिलोनाले ग्रिजम्यानसँगै डिफेन्डर एमर्सन रोयल र मिडफिल्डर इलाइस मेरिबालाई पनि अन्यत्र पठाएको छ। यसअघि एट्लेटिकोका लागि २५७ खेलमा १३३ गोल गरेका थिए। फ्रेन्च खेलाडी ग्रिजम्यानले बार्सिलोनाका लागि १०२ खेलमा ३५ गोल गरेका छन्।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
2
Tagged

Leave a Reply

Your email address will not be published. Required fields are marked *