आन्सु फातीले बार्सिलोनामा मेस्सीको १० नम्बर जर्सी लगाउने

फुटबल

काठमाडौं । अर्जेन्टाइन कप्तान लियोनेल मेसीले क्लब छाडेसँगै खाली भएको बार्सिलोनाको १० नम्बर जर्सी अब अन्सु फातीले लगाउने भएका छन् । ६ पटकका बेलोन डि’ अर विजेता मेस्सी यसै सिजन पेरिस सेन्ट जर्माइन गएका थिए ।

त्यससँगै उनले लगाउँदै आएको १० नम्बर जर्सी कसले लगाउँछ भन्ने चर्चा सुरु भएको थियो । बार्सिलोनाले यो जर्सी प्रयोगमै ल्याउदैंन भन्ने अनुमान पनि थियो । तर, यो जर्सी १६ वर्षको उमेरमै सिनियर टोलीमा डेब्यू गर्दै सनसनी मच्चाएका आन्सु फातीलाई दिने निर्णय बार्सिलोनाले गरेको छ ।

बार्सिलोनाको एकेडेमी लामासियाबाट प्रोमोसन भएर सिनियर टोलीका नियमित सदस्य बनेका फातीलाई जर्स नम्बर १० दिएको क्लबले सामाजिक सञ्जालमार्फत जानकारी दिएको हो । ‘लामासिया बनेका हाम्रो नयाँ १० नम्बर,’ फातीको भिडियो पोस्ट गर्दै बार्सिलोनाले लेखेको छ ।

धेरैले आन्सु फाती पनि मेस्सीजस्तै सफल हुने अनुमान समेत लगाएका छन् । १८ वर्षको उमेरमै यी खेलाडीले बार्सिलोनामा धेरैलाई चकित पारिसकेका छन् । उनले सन् २०१९ यता बार्साको सिनियर टोलीबाट ३१ खेल खेलेका छन् । त्यसक्रममा ११ गोल गरिसकेका छन् ।

बार्सिलोनाको आर्थिक समस्याका कारण नचाहेर पनि गत मेस्सीले महिना स्पेन बसाई टुङ्ग्याउनु परेको थियो । एक वर्षअघि आफूले क्लब छाड्ने तीव्र इच्छा व्यक्त गरे पनि यो वर्ष छाड्नका लागि मेसी तयार थिएनन् । तर, बार्सिलोना बसाई सम्भव नभएपछि फ्रि–एजेन्ट मेसी फ्रेन्च हेभिवेट पीएसजीमा अनुबन्ध भइसकेका छन् । उनले आइतबार राति रेइम्सविरुद्धको खेलमा डेब्यूसमेत गरिसकेका छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
1
Tagged