नेपाल र भारतबीचको खेलको टिकट मूल्य एक हजार र दुई हजार

फुटबल

काठमाडौं : नेपाल भारतबीचको मैत्रीपूर्ण खेल हेर्न दशरथ रंगशाला जाने दर्शकका लागि एक हजार र दुई हजार रुपैयाँका दरले टिकटको मूल्य तोकिएको छ। अखिले नेपाल फुटबल संघ (एन्फा) का अनुसार साधारण प्यारापिटको टिकट एक हजार र भिआइपी प्यारापिटको मूल्य दुई हजार तोकिएको छ। भिआइपीतर्फ ३५० वटा मात्र टिकट बेचिने एन्फाको भनाइ छ।

खेल हेर्नको लागि प्रभुपेबाट टिकट काट्नु पर्नेछ। खेल हेर्नका लागि भ्याक्सिन कार्ड चाहिने र भ्याक्सिन कार्ड नभए पिसिआर रिपोर्ट अनिवार्य चाहिनेछ। बिहीबार र आइतबार हुने खेल साढे पाँच बजेदेखि सुरू हुनेछ।

नेपाल र भारतबीच छ वर्षपछि फुटबल हुन लागेको हो । नेपालले यसअघि सन् २०१७ मा भारतको मुम्बईमा खेलेको थियो । उक्त प्रतियोगितामा नेपाल भारतसँग दुई शून्य गोलले पराजित भएको थियो ।

एन्फाका अनुसार भारतसितको मैत्रीपूर्ण खेलपछि नेपाली टोली दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ)को तयारी गर्न कतारको दोहा जानेछ । नेपाली टोली भदौ २५ गते दोहा प्रस्थान गर्ने तय भएको छ । साफ च्याम्पियनसिप आगामी असोज १५ देखि ३० गतेसम्म माल्दिभ्समा आयोजना हुँदैछ ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0