क्रिष्टियानो रोनाल्डो बने अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ता

फुटबल

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीको कीर्तिमान पोर्चुगाली स्टार क्रिस्टियानो रोनाल्डोले बनाएका छन् । विश्वकप छनोटअन्तर्गत रिपब्लिक अफ आयरल्याण्ड विरुद्धको खेलमा व्यक्तिगत दुई गोल गर्दै रोनाल्डो सर्वाधिक गोल गर्ने अन्तर्राष्ट्रिय खेलाडी बनेका हुन्।

रोनाल्डोले इरानका स्ट्राइकर अली दाईले बनाएको सर्वाधिक अन्तर्राष्ट्रिय गोलको कीर्तिमानी भंग गरेका हुन्। यसअघि रोनाल्डोले गत असारमा भएको युरो कपमा अन्तर्राष्ट्रिय गोल संख्याको कीर्तिमानी बराबरी गरेका थिए। अलीले सन् १९९३ देखि २००६ सम्म इरानबाट खेल्दा १०९ अन्तर्राष्ट्रिय गोल गरेका थिए।

पहिलो हाफको अन्तिम मिनेटमा पाहुना टोली आयरल्यान्डले अग्रता लियो । उसका लागि जोन इगनले कर्नरमा हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए । खेलको ८९औं मिनेटमा रोनाल्डोले गरेको गोलबाट बराबरीमा फर्किएको पोर्चुगललाई अतिरिक्त समयमा पुनः अर्को गोल गर्दै रोनाल्डले जित दिलाएका थिए।

यसअघि दुई महिना अघि भएको युरो कपमा पनि रोनाल्डोले युरो कपमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका थिए। पाँच संस्करणको युरो कप खेल्ने र गोल गर्ने एक्ला खेलाडी रोनाल्डो युरोपियन च्याम्पियन्स लिगका पनि सर्वाधिक गोलकर्ता हुन्।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged

Leave a Reply

Your email address will not be published. Required fields are marked *