नेपाल भर्सेज भारत ! ‘हेड टु हेड’मा भारत अगाडि

फुटबल

काठमाडौं । नेपालले आज भारतसाग मैत्रीपूर्ण फुटबल खेल्दैछ । यो खेल साँझ साँढे ५ बजे काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ । दर्शक मैदानमा प्रवेशका लागि रंगशालाका पाँचवटै प्रवेशद्वार खुला गरिनेछ ।

नेपाल सरकार र विश्व फुटबल महासङ्घ (फिफा)ले तोकेको सबै मापदण्ड पूरा गरेर मात्र दर्शकलाई मैदानमा प्रवेश गर्न दिइनेछ। नेपालले हालसम्म भारतसँग १९ खेल खेलेको छ ।

त्यसमा भारतले १३ खेल जित्दा नेपालले दुई खेल मात्रै आफ्नो पक्षमा पारेको छ । त्यस्तै नेपाल र भारतीचका चार खेल बराबरीमा सकिएको इतिहास छ । खेल साँझ ५ः३० बजे हुनेछ । त्यस्तै नेपालले भारतसँग दोस्रो मैत्रीपूर्ण खेल यही भदौ २० गते खेल्नेछ ।

नेपालका लागि ७३ औं खेल खेल्न लागेको नेपाली टोलीका कप्तान किरण चेम्जोङले नेपाली खेलाडी मानसिक र शारिरिक हिसाबमा तयारी रहेका बताएका छन् । यस्तै भारतीय टोलीका मुख्य प्रशिक्षक इगोर स्टिमाच र कप्तान सुनिल क्षेत्रीले घरेलु टोली नेपालविरुद्धको मैत्रीपूर्ण खेल सहज नहुने बताएका छन् ।

प्रशिक्षकले जस्तै भारतीय टोलीका कप्तान सुनिल क्षेत्रिले नेपाल जहिले पनि बलियो प्रतिद्वन्द्वी भएको तथा टोलीमा केहि परिवर्तन देखिएपनि नेपालसँगको खेल चुनौतीपूर्ण रहेको बताएका छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0