रोहित चन्द भन्छन् : ‘म जाकार्तामा भए पनि मेरो मन-मष्तिस्क दशरथ रंगशालामै हुनेछ’

फुटबल

काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टोलीका नियमित सदस्य रोहित चन्दले भारतविरुद्धको दुई मैत्रीपूर्ण खेलमा चाहेर पनि आफू सहभागी हुन नपाएको बताएका छन् । बिहीबार सामाजिक सञ्जालमा नेपाली टिमलाई शुभकामना सन्देश दिँदै उनले दुई मैत्रीपूर्ण खेलमा आफू खेल्न नपाएकोमा दु:ख व्यक्त गरेका हुन्।

‘भारतविरुद्धको खेलका लागि चाहेर पनि उपस्थित हुन नसकेकोमा एकदमै दु:खी छु। भौतिकरूपमा जाकार्तामा रहे पनि मेरो मन-मष्तिस्क दशरथ रंगशालामा नै हुनेछ,’ रोहितले लेखेका छन्।

‘इन्डोनेसिया आएपछि ८ दिन अनिवार्य क्वारेन्टिन बस्नु पर्ने नियमका कारण प्राविधिक रुपमा नेपाल आउन सम्भव नभएको सबैलाई जानकारी गराउन चाहान्छु। यो विषयमा यसअघि नै एन्फालाई जानकारी गराइसकेको छु। नेपाल आएको अवस्थामा मेरो १६ दिन त्यसै ‘लस’ हुने अवस्थामा यो समयमा आफूलाई तयारी राख्दै प्रतिस्पर्धामा निखाँरिने मेरो योजना हो।’


हाल रोहित व्यावसायिक फुटबलका लागि इन्डोनेसियामा छन् । पर्सिजा जाकर्तामा अनुबन्धित रोहित पोखरा प्रशिक्षण क्रममा जाकर्ता पुगेका हुन् । जाकर्ता पुगेपछि उनी आठ दिन क्वारिन्टिनमा बसेका थिए ।

एन्फा एकेडेमी उत्पादन रोहितले भारतसँगको दुई मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीलाई शुभकामनासमेत दिएका छन् । यस्तै, उनले साफ च्याम्पियनसिपका लागि यी दुई खेल राम्रो तयारी हुनेसमेत उल्लेख गरेका छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
Tagged

Leave a Reply

Your email address will not be published. Required fields are marked *