१५ तस्बिरमा हेर्नुस नेपाल र भारतबिचको पहिलो मैत्रिपुर्ण खेल ( फोटो फिचर )

फुटबल

काठमाडौं । नेपाल-भारत पहिलो मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ । दशरथ रङ्गशालामा आज बिहीवार बेलुकी भएकाे खेलमा नेपाल र भारतले एकएक गाेलकाे बराबरी खेलेका हुन् ।

खेलको पहिलो हाफको ३६ औ‍ँ मिनेटमा अन्जन विष्टले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । अञ्जनले भारतका रक्षकले गरेको गल्तीमा गोल हानेका हुन् । नेपालको अग्रता धेरैबेर टिक्न सकेन । खेलको दोस्रो हाफमा भारतले गोल गर्दै बराबरीमा ल्याएको हो ।

भारतका कप्तान सुनिल क्षेत्रीको प्रहार नेपालका गोलकिपर किरण चेम्जोङ बचाएका थिए। त्यहि रिबाउन्ड बलमा गोल गरेका थिए । अनिरुद्ध दोस्रो हाफको सुरुमै मैदान छिरेका थिए ।

नेपाल र भारतबीच अब आइतबार दशरथ रंगशालामै दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुनेछ। दुवै टिमले आगामी महिना माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारीका लागि मैत्रीपूर्ण खेल खेलेका हुन्। नेपाल–भारतबीचकाे खेल तस्बिरमा हेर्नुहाेस् –

तस्बिर : रासस र इन्डियन फुटबल टिमकाे ट्विटरबाट

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0