‘खेल जिताउन सकिन, नेपाली जनतासँग माफी माग्न चाहन्छु’ : प्रशिक्षक अल्मुताइरी

फुटबल

काठमाडौं । भारतलाई पराजित गर्न नसकेकोमा नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले माफी मागेका छन् । बिहीबार भएकाे भारतविरुद्धकाे खेलमा राम्रो नतिजा निकाल्न नसकेकाे भन्दै अलमुताइरीले समर्थकसँग माफी मागेका हुन् ।

‘नेपालीहरुलाई खुशी बनाउन नसकेकोमा माफी चाहन्छु। मेरो खेलाडीप्रति म गौरव गर्छु। हामीले अझै सुधार गर्न आवश्यक छ’, खेलपछि अलमुताइरीले भने, ‘अहिलेको खेलभन्दा हाम्रो लागि साफ च्याम्पियनसिप महत्वपूर्ण हो। त्यसैले हामीले नयाँ खेलाडीलाई पनि अवसर दिएका हौँ।’

सागको तयारी स्वरूप नेपालले मैत्रीपूर्ण खेल खेलेको हो । उनले अगाडि खेल्नका लागि यो स्तरको प्रदर्शनले नपुग्ने बताए । “हामीले अझै धेरै सुधार गर्नु पर्नेछ । सागमा यो प्रदर्शनले हामीलाई राम्रो नतिजा दिँदैन,” उनले भने । नेपाल र भारतबीच अब आइतबार दशरथ रंगशालामै दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुनेछ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
3
+1
1
+1
0
Tagged

Leave a Reply

Your email address will not be published. Required fields are marked *