विश्वकप छनोट : इंग्ल्याण्ड र जर्मनीको सहज जित

फुटबल

एजेन्सी । युरोपेली फुटबलका बलिया राष्ट्र इंग्ल्याण्ड र जर्मनीले सहज जित निकालेका छन् । बिहीबार राति भएको विश्वकप छनोट अन्तर्गत युरोपेली छनोट खेलमा इंग्ल्याण्ड र जर्मनीले सहज जित निकालेका हुन् । हंगेरीमा भएको खेलमा ४-० को जित निकाल्दै भ्रमण टोली इंग्ल्याण्डले समूह ‘आई’को खेलमा सतप्रतिशत जितलाई निरन्तरता दिएको हो ।

इंग्ल्याण्डको जितमा रहिम स्टर्लिङ, ह्यारी केन, ह्यारी म्यागुईर र डिक्लेन राइसले एक-एक गोल गरे । घरेलु टोली हंगेरीले पहिलो हाफ बराबर गर्न सफल भएपनि दोस्रो हाफमा चार गोल ब्यहोरेको थियो । जितसँगै इंंग्याण्डले समूह ‘आई’को खेलमा सत प्रतिशत जित निकालेको छ । चार खेलबाट १२ अंकसहित इंग्ल्याण्ड शिर्षस्थानमा छ ।

चार खेलबाट सात अंक बनाएको पोल्याण्ड सात र समान चार खेलबाट सात अंक बनाएको हंगेरी गोल अन्तरका आधारमा तेस्रो स्थानमा छ । बिहीबार राति नै भएको अर्काे खेलमा जर्मनले लेक्टेनस्टाईनलाई २-० गोल अन्तरले पराजित गरेकाे छ । पहिलो हाफमा एक गोल गरेको जर्मनले दोस्रो हाफमा थप एक गोल गरेकाे हाे । जर्मनको जितमा टिमो वेर्नर र लोरे सानेले एक-एक गोल गरे ।

खेलको ४१ मिनेटमा गोल गर्दै वेर्नरले जर्मनलाई अग्रता दिलाए । ७७ मिनेटमा सानेले गोल गर्दै जर्मनलाई २-० को सहज जित दिलाए । जितसँगै समूह ‘जे’ मा जर्मन चार खेलबाट ना‌ै अंक बनाउँदै दोस्रो स्थानमा छ । समान खेलबाट १० अंक बनाएको अर्मेनिया पहिलो स्थानमा छ । चार खेलमा हार ब्यहोरेको लेक्टेनस्टाइन तालिकाको पुछारमा छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0