नेपाली राष्ट्रिय ब्याडमिन्टन खेलाडीको प्रशिक्षण आइतबारबाट आरम्भ हुने

अन्य खेल

काठमाडौं, ९ असोज । नेपाली राष्ट्रिय ब्याडमिन्टन खेलाडीहरुको प्रशिक्षण आईतबारबाट पुनः सुरु हुने भएको छ । यसअघि नेपाल ब्याडमिन्टन संघले साउनमा खेलाडीको प्रशिक्षण सुरु गरेको थियो ।

कोरोना महामारीका कारण सरकारले उपत्यकामा निषेधाज्ञा जारी गरेसँगै साउनमा सुरुभएको ब्याडमिन्टनको प्रशिक्षण स्थगित भएको थियो । अहिले कोरोनाको प्रभाव नियन्त्रणमा नरहे पनि पुनः प्रशिक्षण थाल्न लागिएको हो । संघका अनुसार अहिले उपत्यका भित्र रहेका १६ जना खेलाडी प्रशिक्षणमा सहभागी हुने छन् ।

प्रशिक्षणको नेपाली राष्ट्रिय ब्याडमिन्टन खेलाडी, प्रशिक्षक र सम्बन्धित व्यक्तिहरुको कोरोना परीक्षण समेत गरिसकिएको छ । सुरक्षित अभ्यासका लागि प्रशिक्षण हल पनि स्यानिटाइज गर्ने काम सकिएको संघले जनाएको छ । संघले राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँगको समन्वयमा प्रशिक्षण सुरु गर्न लागेको हो ।

यता, लामो समय बन्द रहेको सबै खेलका खेलाडीलाई प्रशिक्षणको स्वीकृति दिन राखेप पनि तयार देखिएको छ । कोरोना भाईरसको महामारीका कारण बन्द रहेको प्रशिक्षणलाई सुरु गर्न राखेप तयार देखिएको हो ।

सरकारले लागू गरेको लामो समयको लकडाउन र निषेधाज्ञाले खेलकुद गतिविधि अघि बढाउने चुनौती राखेप समक्ष रहेको छ । राखेप सदस्य सचिव रमेशकुमार सिलवालले प्रशिक्षणको अनुमती दिन कुनै समस्या नभएको बताउँदै अर्को हप्तासम्म सबै खेलको प्रशिक्षण सुरु गर्ने गरी गहृकार्य भईरहेको बताउँनु भएको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0